आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आग्रह

देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आग्रह

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २६ २०७७

  • 4.1K
    SHARES

  • देशभर ठूलो वर्षाको सम्भावना, सचेत रहन आग्रह

    काठमाडौं - आज (शुक्रबार) दिउँसो तथा राति देशभर सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार अहिले पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि झरी परिरहेको छ।

    महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनुसार आज दिउँसो सातै प्रदेशका धेरैजसो स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    यस्तै राति पनि सातै प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी रहेनछ भने प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदुरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

     

    त्यस्तै मनसुनको न्यून चापीय रेखा नेपालनजिकै रहेकाले आगामी तीन दिन देशभर वर्षा व्यापक हुने अनुमान गरिएको छ।

    मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानै जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन (शुक्रबारदेखि आइतबारसम्म) देशभर वर्षा जारी रहने सम्भावना छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:३९:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend