आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हत्कडीसहित थुनाबाट युवक फरार

हत्कडीसहित थुनाबाट युवक फरार

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०७७

  • 7.8K
    SHARES

  • हत्कडीसहित थुनाबाट युवक फरार
    फाइल तस्वीर

    कैलाली - कैलालीमा हत्याको आरोपमा पक्राउ परेका एक अभियुक्त हत्कडीसहित फरार भएका छन्।

    आफ्नै ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको हत्या गरेको आरोपमा बुधबार पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हत्कडीसहित थुनाबाट फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

    इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने क्रममा हत्कडीसहित फरार भएको र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उनले बताए।

    फलामको रड र धारिलो हतियार (दाउ) प्रहार गरी ऐरले मंगलबार हजुरआमाको हत्या गरेको बताइएको छ। रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २५ २०७७०९:२७:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend