काठमाडाैं । सरकारले देशका केही अस्पतालमा सःशुल्क कोरोना परीक्षण गर्न सकिने निर्णय गरेको छ । सरकारले प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ लुम्बिनी अस्पताल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला सुर्खेत र सुदूर पश्चिममा धनगढी अस्पताललाई सःशुल्क परीक्षणको अनुमति दिईएको हो ।
यसअघि बागमती प्रदेशमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालले यस्तो सेवा दिँदै आएका थिए ।
यीमध्ये वीरगञ्जस्थित नारायणी अस्पतालले कोरोना भाइरसको सःशुल्क परीक्षण सुरु गरिसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन कुमार उपाध्यायले सुचना जारी गर्दै प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने बताएका छन् ।
त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै यस्तो अनुमति दिने निर्णय गरेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।