काठमााडौं - भारी वर्षाका कारण सिन्धुपाल्चोकमा आएको बाढीले २४ जना वेपत्ता भएका छन् । तीमध्ये दुई जना मृत फेला परेका छन् भने २२ जना अझैं वेपत्ता रहेका छन् ।
यसबीच बाढीमा परेर घाइते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसको केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले घाइतेहरुलाई काठमाडौं ल्याउन बन्दोवस्त गरेका हुन् ।
संकटका बेला देशभर नै कांग्रेसले जनताका सेवामा काम गर्दै आइरहेको छ । काँग्रेस नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसको संक्रमण पीसीआर परीक्षण गर्ने मेसिन उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।
कांग्रेस नेता बस्नेतले यसअघि जिल्लाभरिका ६३१ जना स्वास्थ्यकर्मीको कोरोना बीमा गरिदिएका थिए । उनले नेपालकै पहिलो कोरोनाबाट मृत्यु भएकी ९ दिनकी सुत्केरी सावित्री तिमल्सिना चािलसेको नवजात शिशुलाई पौष्टिक आहारको लागि आफैले एक लाखको प्रबन्ध मिलाइदिएका थिए ।
शिशुलाई एक कक्षादेखि १२ कक्षासम्म पठाइदिने र त्यसपछि रोजगारीको व्यवस्था मिलाइदिने घोषणा पनि गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले अब एम्बुलेन्स चालकहरू र नेपाल प्रहरीको कोराना बीमा गरादिने घोषणा समेत गरेका छन् ।
यसअघि नेपाली कांग्रेस र यसका भ्रातृ शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरू मिलेर सिन्धुपाल्चोकमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र आमनागरिकलाई स्वास्थ्य सामग्रीहरू वितरण गर्दै आएको उनले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।