आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
आजको बिशेष

सिन्धुपाल्चोक अपडेट : ३५ घर सखाप, २ मृत फेला, २२ जना अझैं बेपत्ता

सिन्धुपाल्चोक अपडेट : ३५ घर सखाप, २ मृत फेला, २२ जना अझैं बेपत्ता

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०७७

  • 5.7K
    SHARES

  • सिन्धुपाल्चोक अपडेट : ३५ घर सखाप, २ मृत फेला, २२ जना अझैं बेपत्ता
    फाइल तस्वीर

    काठमाडौं - मनसुनी भारी वर्षाका कारण देशभर विभिन्न ठाँउमा बाढी पहिरो एवं डुबानका समस्याहरु भइरहेका छन् । यसबीच सिन्धुपाल्चोकमा आएको बाढी एवंं पहिरोले २४ जना बेपत्ता भएका थिए ।

    तीमध्ये २ जना मृत फेला परेका छन् भने २२ जना अझैं बेपत्ता छन् । जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति बाढी(पहिरोमा परी २४ वर्षीय निकेश बस्नेत र उनकी २ वर्षीया छोरी नियोन बस्‍नेतको शव भेटिएको र २२ जनाको अवस्था बेपत्ता रहेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले मन्त्री दुलालले पुष्टि गरेका छन्।

    बार्हबिसे र भोटेकोशी गरी ३५ घरमा पूर्ण क्षति हुनुका साथै मध्य भोटेकोशीको निर्माणाधीन हाइड्रोपावरको पावर हाउस डुवान , हाइड्रोमेकानीकल समान डुवान र क्षति भएको पनि उनले जनाएका छन्।

    घाइतेहरूलाई हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरी काठमाडौं ल्याई उपचार भइरहेको छ उनका अनुसार घटनामा मृतक, बेपत्ता र घाइतेको अवस्था

    मृतकहरु: निकेश बस्नेत २४  र नियोन बस्नेत करिब २ वर्ष

    बेपत्ताहरु : 

    जम्बुतर्फ

    १.भिम ब. वाइवा, ७२

    २.चिनीमाया वाइवा, ७०

    ३ लिलामाया वाइवा, २९

    ४ पाशाङ डोल्मा वाइवा ८

    ५ निमा डोल्मा वाइवा २

    ६ लक्ष्मण वाइवा, २५

    ७ सुनमाला वाइवा,  १३

    ८ जनक ब.थिङ,  ५५

    ९ सबिना तमाङ, २८

    १० आकास तमाङ ४

    ११ हिमेश शर्मा (हा.पा. सेक्युरिटी) ३५

    १२ आकास केसी (इन्जिनियर जाईका) २४

    १३ तोक बहादुर तमाङ ५७

    १४. युक्त कु.तमाङ ५५

    १५ सुवेस तमाङ २५

    १६. माइली तमाङ ६५

    १७ . सलिना तमाङ २२

    १८. चिनिया नागरिक १

    बुलकोटे नयाँ पुलमा एकाघरका ४ जना, निमा दोर्जे तमाङ ६२, मञ्जु तमाङ २८, साहिल तमाङ ७ र पाशाङ नोर्बु तमाङ ११ घाइते

    जम्बुतर्फ : सुवेस तमाङ साइला,  बुट्टीमाया तमाङ, सबिना तमाङ बस्नेत घाइते

    नयापुलतर्फ : फुर्वा तमाङ, पेमा तमाङ र उनको ७ दिनको छोरी

    प्रदेशका सामाजिक विकास मन्त्री दुलालले सिन्धुपाल्चोकको बाढी पहिरोको घटनाप्रति दुख व्‍यक्त गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २५ २०७७०६:५४:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend