काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधन चलाउन दिने निर्णय गरेको छ। असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यस बारेको जानकारी दिएका हुन्।
उपत्यकाभित्र तीनवटा जिल्लालाई एउटा जिल्ला मानेर सवारीसाधन चल्न दिने निर्णय भएको बताएका छन्।
‘काठमाडौं उपत्यका भित्र काठमाडौं, ललितपुर र भक्तपुरलाई एउटा जिल्ला मानेर सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय भएको छ’ उनले भने, ‘उपत्यका बाहिर एउटा जिल्ला भित्र सवारी साधन चल्न दिइने निर्णय भएको छ।’
मन्त्री खतिवडाले सार्वजनिक यात्रु बसको सिट क्षमता अनुसार ५० प्रतिशत मात्रै यात्रु राखेर गाडी खुलाउने निर्णय भएको बताए। सरकारले लामाे मध्यम तथा लामाे दूरीकाे यातायात बन्द गर्ने निर्णय भने कायमै रहेकाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।