काठमाडौँ- चीनले २१ औं शताब्दिको उत्कृष्ट द्विपक्षी सम्बन्ध भनेर अमेरिका-चीनबीचको सम्बन्धलाई व्याख्या गर्ने गरेको थियो । तर, पछिल्लो समय अमेरिका-चीनबीचको सम्बन्धमा पनि दरार पैदा भएको छ ।
सन् २०१७ देखिको व्यापार युद्ध अन्त्य हुने संघारमा पुगेका समयमा सुरु भएको कोरोना भाइरसले फेरि अमेरिका-चीनबीचको सम्बन्धमासमेत दरार पैदा भएको छ ।
जुनमा दुईवटा घटनाले विश्वको ध्यान तान्यो । पहिलो जून १५ मा भारत-चीन सेनाबीच भारतको पूर्व लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक झडप र दोस्रो अमेरिकी विदेश मन्त्री माइक पोम्पिओ र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय विदेश मामिला आयोगका निर्देशक याङ जिइजीबीचको विशेष बैठक ।
हिंसात्मक झडमा २० भारतीय सेनाको मारिएको र चीनले कायरता प्रदर्शन गरेको विषय चीनबाहेका विश्वका सञ्चारमाध्यमको हेडलाइन बने । तर, चीनले भने सीमा झडपलाई खासै ध्यान नदिएकोजस्तै गरेर पन्छियो ।
तर, सैन्य र कुटनीतिक वार्ता भने जारी राखेको थियो । चीनले पोम्पियो र निर्देश याङबीचको संवादलाई भने विभिन्न कोणबाट त्यसको विश्लेषण र टिप्पणीका साथा चिनियाँ सञ्चारमाध्यमहरुमा समाचारहरु आए ।
हवाइको बैठकलाई कुटनीतिक प्राथमिकता दिइएको जनाइएको छ । चीनले भारतीय विदेश नीतिलाई पनि महत्व दिन्छ । चीन विश्वव्यापी शक्ति बन्न भारतको आकांक्षाका लागि पहिलो मापदण्ड हो । अर्कोतर्फ चीन अमेरिकी विदेश नीतिमा निश्चित छ ।
विभिन्न ऐतिहासिक र कुटनीतिक विवादसँगै भारत-चीन सम्बन्धमा समस्या उत्पन्न गराएको छ । चीन-भारत सम्बन्धमा तीन विषयले समस्यालाई बल्झाएको छ ।
पहिलो ऐतिहासिक विरासत, दोस्रो सुरक्षा चुनौती र अर्को तेस्रो पक्षको सहभागिता । चीनले पनि पछिल्लो समय एसियाका विभिन्न मुलुकहरुसँ विवादको सिर्जना गरेको छ । ती समस्याहरु समाधानतर्फ ध्यान दिएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।