आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जापानको सत्तारुढद्वारा चिनियाँ राष्ट्रपतिको भ्रमण रद्द गर्न माग

जापानको सत्तारुढद्वारा चिनियाँ राष्ट्रपतिको भ्रमण रद्द गर्न माग

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०७७

  • 3.8K
    SHARES

  • जापानको सत्तारुढद्वारा चिनियाँ राष्ट्रपतिको भ्रमण रद्द गर्न माग

    टोकियो - जापानका प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ दलले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमण रद्द गर्न सरकारसँग माग गरेको छ ।

    चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेकोप्रति अनसन्तुष्टि जनाउँदै कसैको स्वतन्त्रता खोस्नेलाई स्वागत गर्न नसकिने बताइको छ ।

    "अहिले विश्‍वभरबाट हङकङको स्वतन्त्रता र मानवअधिकार र प्रजातन्त्र खोसिएकोप्रति ध्यनाकर्षण भइरहेका बेला राष्ट्रपति सी जिनपिङको जापान भ्रमण रद्द गर्नुको विकल्प छैन," लिब्रल डेमोक्रेटिक पार्टीका कुटनीतिज्ञ प्यानेलका प्रमुख यसुहिड नाकायामाले भने ।

    जापानको सत्तारुढ पार्टीले बेइजिङको आलोचना गरेका थिए । चीनले अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई मान्‍नुपर्ने जापानको सत्तारुढले बताउँदै आएको छ । चीनले जारी गरेको कानुनमा पृथकतावाद, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसँगको साँठगाँठजस्ता गतिविधिमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय दिइने व्यवस्था गरिएको छ । बेलायतले सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण गरेको हो ।

    उक्त सहमतिविपरीत कानुनहरू निर्माण गरिएको भन्दै हङकङमा विरोध चर्कंदै गएको हो । सहमतिमा चीनले हङकङका लागि कम्तीमा ५० वर्ष स्वतन्त्रता दिने प्रतिबद्धता जनाएको थियो ।

    नयाँ कानुनको विरोधमा बुधबार गरिएको प्रदर्शनका सहभागीमाथि प्रहरीले पानीका फोहोरा, अश्रुग्यास र आँखा पोल्ने पिरो छर्केका थिए । विरोधका क्रममा एक सुरक्षा अधिकारीको पाखुरामा चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिझाङले बेइजिङमा बोल्दै विकसित अवस्थालाई हेर्न तथा चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । चीनले केही समयअघि हङकङमा बेइजिङविरोधी गतिविधि बढेको भन्दै नयाँ सुरक्षा कानुन आवश्यक भएको बताएको थियो ।

    हङकङमा गत वर्ष सुपुर्दगीसम्बन्धी कानुन ल्याउने प्रयासपछि लोकतन्त्र पक्षधरहरूले लामो समयसम्म निकै ठूला प्रदर्शनहरू गरेका थिए । कानुनको यूके, युरोपेली संघ र नेटोले विरोध गरेका छन् । यूकेका विदेशमन्त्री डोमिनिक राबले हङकङका जनताको स्वतन्त्रता र राजनीतिक अधिकारको सम्मान गर्न चीनलाई आग्रह गरिसकेका छन् ।

    उनले स्वायत्तताका कारण हङकङमा आर्थिक, व्यापारिक र औद्योगिक सफलता सम्भव भएकाले नयाँ कानुनको औचित्य नभएको दाबी गरेका छन् । त्यसैगरी युरोपेली परिषद्ले नयाँ कानुन जारी गरिनु कुनै पनि हिसाबले उचित नभएको जनाएको छ । परिषद्ले हङकङको स्वायत्तता, न्यायपालिका र कानुनी शासनमाथि नयाँ कानुनले गम्भीर असर पुग्ने बताएको छ ।

    त्यस्तै जापान तथा अमेरिकाले पनि कानुनको विरोध गरेका छन् । अमेरिकाले चिनियाँ कदमको विरोधमा हङकङसँगको विशेष व्यापार सम्बन्ध अन्त्यका लागि कदम चालिसकेको बताएको छ । तर पृथकतावादी गतिविधि, राज्यद्रोह, आतंकवाद र विदेशी शक्तिसँगको मिलोमतो रोक्न नयाँ सुरक्षा कानुन अत्यावश्यक भएको चीनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ २५ २०७७०४:२४:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend