काठमाडौं–सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ स्थित खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। अझै १८ जना बेपत्ता बनेका छन्। राति १ बजे यल्मो खोलामा आएको बाढीले बगाउँदा दुई जनाको शव भेटिएको र अन्य १८ जना बेपत्ता रहेको प्रहरील जनाएको छ।
अरनिको राजमार्गको खाकदलदेखि बाटो भत्किएका कारण प्रहरीसहितको उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको छ।
स्थानीयका अनुसार बाढीले बाह्रबिसे नगर गातिको जम्बु बजारै बगाएको हो। पुलसहित बजार चुर्लुम्मै डुबेको छ।
जम्बुका २० वर्षीय नीकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीयले फेला पारेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।