काठमाडौं - नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाले गण्डकी प्रदेशका तीन जिल्लालाई कोरोनाविरुद्धका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । नेतृ देउवाले २० थान पिपिई सेट, १० लिटर सेनिटाइजर, १२ सय थान पञ्जा, तीनहजार वटा नर्मल मास्क र ४० पिस एम ९५ माक्स लगायतका सामग्री सहयोग गरेकी हुन्।
नेपाली काँग्रेसका युवा नेता एवं जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को विशेष पहलमा नेतृ देउवाद्वारा पठाइएको ती स्वास्थ्य सामग्री नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले बुधबार जिल्लामा गठन भएको कोरोना नियन्त्रण समन्वय समिति (सिसिएमसी)लाई हस्तान्तरण गरेको थियो।
पर्वत, बागलुङ र म्याग्दी जिल्लामा पनि र वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिए । अध्यक्ष मल्लले व्यक्तिगत रुपमै पर्वतका हरेक स्थानीय तहलाई लाखौंको स्वास्थ्य सामग्री यसअघि नै सहयोग पनि गरिसकेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।