पोखरा - सरकारले मास्क नलगाइ हिड्नेलाई कारबाही सुरु गरेको छ । कास्की प्रहरीले मास्क नलगाई हिँड्ने २१ जनालाई कारबाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले बताए ।
उनका अनुसार संक्रमण जोखिम बढ्दै गएको अवस्थामा नेपाल सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्युनतम २ मिटरको सामाजिक दुरी कायम गर्ने, अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्ने साथै पूर्ण रुपमा लकडाउनको पालना गर्नुपर्नेमा निर्देशनको वेवास्ता गर्दैै हिडेपछि कारबाही गरिएको हो ।
अहिले उनीहरुलाई प्रतिव्यक्ति १०० रुपैयाँ जरिवाना लिएर छाडिएको छ । प्रहरी कार्यालयले निर्देशनाको पूर्ण पालना गर्न कास्कीबासीलाई अनुरोध गरेको छ । अन्यथा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने समेत प्रहरी कार्यालयले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।