काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । कोरोना भाइरसको माहामारका बेला आम नागरिक त्यतिकै संकटमा रहेका छन्, यसबीच ३२ रुपैयाँमा किनेको पेट्रोल ६२ रुपयाँ थपेर बेच्नु सरकारले जनता चुस्ने काम गरेको नेविसंघले जनाएको छ ।
निगम आफैले गरेको निर्णयलाई लत्याउँदै स्वचालित मूल्य प्रणालीलाई उल्लंघन गरेको प्रति नेविसंघले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । माहामारीका कारण आर्थिक संकट झेलीरहेका बेला जनतालाई सहयोग, राहत दिनुको सट्टा मूल्यवृद्धि गर्नु नैतिकरुपमा समेत नसुहाउने नेविसंघले जनाएको छ ।
बुधबार विज्ञप्ती जारी गर्दै नेविसंघले मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेको छ । सरकारले जनता शोषणको क्रम जारी नै राख्न खोजे आफुहरु आन्दोलनमा उत्रिने चेतावनी समेत नेविसंघले दिएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।