आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपा फुटको संघारमा रहेको बेला चरणवद्ध आन्दोलनकाे घाेषणा, झड्का लाग्ने खतरा

नेकपा फुटको संघारमा रहेको बेला चरणवद्ध आन्दोलनकाे घाेषणा, झड्का लाग्ने खतरा

  • मिडिया डबली
  • बुधवार, आषाढ २४ २०७७

  • 5.5K
    SHARES

  • नेकपा फुटको संघारमा रहेको बेला चरणवद्ध आन्दोलनकाे घाेषणा, झड्का लाग्ने खतरा
    फाइल तस्वीर

    काठमाडौं- कोरोना भाइरसको माहामारीका बेला नेकपाको पार्टी भित्र चरम विवाद चुलिएको छ । अन्य देशहरुले माहामारी नियन्त्रणका लागि कदम चालिरहेका बेला सरकार सत्ताको खेल खेलिरहेको छ ।

    कोरोना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने भन्दा पनि नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता कसरी हात पार्न सकिन्छ भन्ने दौड मच्चिएको छ ।

    यसबीच सरकारले कुनै राहत प्याकेज नल्याएपछि नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना भाइरस ९कोभिड १९० का कारण लकडाउन भएपछि समस्यामा परेका उद्योगी व्यवसायीलाई सम्बोधन गर्न राहत प्याकेज नल्याए आन्दोलनमा जाने बताएको हो।

    महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने बताएका छन् । उनले लकडाउनको समयलाई शुन्य समय मानेर ब्याजदर, कर, घरभाडा लगायतमा छुट पाउनुपर्ने बताए।

    महासंघले लकडाउन अवधिभरको बैंकको ब्यजादर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्ष पछाडि सार्नुपर्ने, पुनर्कर्जा कोषमा साना उद्योगी व्यवसायीहरुको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३ दशमलव ५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यवसायिक घरभाडा छुट दिनुपर्ने लगायतका मागहरु राखिएको अध्यक्ष कटुवालले बताए।

    व्यवसायीहरुले राखेका मागहरु पुरा गर्न दबाब दिन पहिलो चरणमा शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष कटुवालले बताए। त्यसपछि पनि सरकार गम्भीर नबने चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर अगाडि बढ्ने उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २४ २०७७०५:५३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend