काठमाडौं - भारतले मुगुमा श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निमार्ण गरिदिएको छ ।
नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत साढे ३ करोड नेपाली रुपैयाँको लागतमा उक्त क्याम्पसको भवनहरु निमार्ण गरिदएको हो ।
मुगु जिल्लाको रातापानीमा अवस्थित चतुर्देव क्याम्पसको भवनको औपचारिक उद्घाटन गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुले आज भिडियो कन्फरेन्स मार्फत गरेका हुन् ।
सन् २००७ मा स्थापना भएको यो क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ ।
क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।
नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुसी व्यक्त गरेको छ ।



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।