आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले गरेको चिनियाँ एपमाथिको प्रतिबन्धको निर्णय अमेरिकाद्वारा स्वागत

भारतले गरेको चिनियाँ एपमाथिको प्रतिबन्धको निर्णय अमेरिकाद्वारा स्वागत

  • मिडिया डबली
  • बुधवार, आषाढ २४ २०७७

  • 7.2K
    SHARES

  • भारतले गरेको चिनियाँ एपमाथिको प्रतिबन्धको निर्णय अमेरिकाद्वारा स्वागत

    वाशिङ्टन - भारतले चिनियाँ एपमाथि लगाएको प्रतिबन्धको निर्णय अमेरिकाले स्वागत गरेको छ । अमेरिकाले पनि टिकटकलगायतका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने बारे विचार गरिरहेको जनाइएको छ ।

    अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा यस विषयलाई गम्भीररुपमा लिएको बताएका छन् । उनले भने, "चिनियाँ एप्सप्रति सम्मानका साथ म तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि अमेरिकाले यस विषयमा सोचिरहेको छ ।"

    टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाउँदै आएका छन् । प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुनसक्ने र यसले राष्ट्रिय सुरक्षामा जोखिम आउने उनीहरुको भनाई छ ।

    वाशिङ्टका एक उच्च कुटनीतिज्ञले यदि तपाईंको व्यक्तिगत सूचना चिनियाँ कम्युनिस्ट पार्टीको हातमा जाओस् भन्‍ने चाहनु हुन्छ भने मात्रै चिनियाँ एप डाउनलोड गर्न सक्ने बताएका छन् ।

    पोम्पिओको अभिव्यक्तिपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "टिकटकको सीईओ अमेरिकन हुनुहुन्छ र अन्य थुप्रै सुरक्षा, उत्पादन, पब्लिक पोलिसीलगायतका क्षेत्रमा सयौं अमेरिकीहरु मुख्य भूमिकामा हुनुहुन्छ । हाम्रो प्रयोगकर्ताको सुरक्षा नै हाम्रो उच्च प्राथमिकतामा छ । हामीले चीन सरकारलाई टिकटकको डाटा कुनै पनि हालतमा उपलब्ध गराउँदैनौं ।"

    गत साता भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्लिकेशनमा प्रतिबन्ध लगाएको थियो । सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतले प्रतिबन्ध लगाएको हो ।

    पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा पनि कोरोना भाइरसको संक्रमणका कारण दरार पैदा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको निष्पक्ष छानबिनको माग गर्दै संक्रमण फैलाउन चीन सहयोगी भएको आरोप लगाइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १२ २०८०१०:०३:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend