आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकाले तोड्यो डब्लूएचओसँगको सम्बन्ध, विश्वभर हंगामा

अमेरिकाले तोड्यो डब्लूएचओसँगको सम्बन्ध, विश्वभर हंगामा

  • मिडिया डबली
  • बुधवार, आषाढ २४ २०७७

  • 4.8K
    SHARES

  • अमेरिकाले तोड्यो डब्लूएचओसँगको सम्बन्ध, विश्वभर हंगामा

    काठमाडौं–अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग औपचारिक रूपमै सम्बन्ध तोडेको छ।

    कोरोना महामारी नियन्त्रण गर्न नसकेको तथा चीनसँग मिलेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओसँग नाता तोड्ने तथा उसलाई दिने अनुदान अन्य क्षेत्रमा लगाउने यसअघि नै घोषणा गरेका थिए।

    त्यसपछि डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानम गेब्रियससले संस्थालाई सबैभन्दा बढी अमेरिकाकै मद्दतको जरुरी रहेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका थिए। अन्तर्राष्ट्रिय समुदाय तथा स्वयं अमेरिकाका कतिपय बुद्धिजीवीले पनि यस्तो निर्णय घातक हुने चेतावनी दिएका थिए।

    तर ट्रम्पले आफ्नो निर्णय परिवर्तन गरेनन्। र, अन्ततः डब्लूएचओसँग अलग हुने जानकारीसहित औपचारिक पत्र नै पठाएका हुन्।

    अमेरिकाले यही जुलाई ६ मा त्यस्तो पत्र डब्लूएचओलाई पठाएको कुरा संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ। तर यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्ष लाग्न सक्ने बताइएको छ।

    अमेरिकाको विपक्षी सांसदले भने ट्रम्पको यो निर्णयको आलोचना गर्दै यसले अमेरिका र अमेरिकी नागरिकलाई हानि पुर्‍याउने प्रतिक्रिया दिएका छन्।

    अमेरिकी कंग्रेसका नेता सेनेचर बब मेनेन्डेजले ट्विट गर्दै यस्तो महामारीबीच डब्लूएचओसँग अलग हुने ट्रम्पको ‘अराजक’ निर्णयले अमेरिकी नागरिकको जीवन असुरक्षित र अमेरिकालाई एक्लो बनाएको आरोप लगाएका छन्।

     

    यस्तै आगामी नोेभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनले आफू राष्ट्रपति निर्वाचित भएमा पहिलो काम नै यही निर्णय उल्टाउने हुने बताएका छन्।

    ट्विट गर्दै उनले भनेका छन्, ‘विश्व स्वास्थ्य बलियो भयो भने मात्र अमेरिकी नागरिक पनि सुरक्षित हुन्छन्। तसर्थ म राष्ट्रपति बनेको पहिलो दिनमै म अमेरिकालाई पुनः विश्व स्वास्थ्य संगठनको सदस्य बनाउने छु र अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो नेतृत्व पुनःस्थापित गराउनेछु।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ २४ २०७७०८:४०:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend