कोरोना भाइरस सम्बन्धी नयाँ अध्ययनले तरंग मच्चाएको छ । वैज्ञानीकहरुले हावाबाट भयावह रूपमा कोरोना फैलिरहेको निष्कर्ष निकालेपछि विश्व स्वास्थ्य संगठन नै अनुसन्धानमा लागेको छ ।
डब्लूएचओले कोरोना भाइरस मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा उसको नाक वा मुखबाट निस्किने सिँगान थुकका छिटाबाट नजिक रहेको अर्काे व्याक्तिमा सर्छ भन्दै आएको थियो । यद्यपी बत्तीस देशका २ सय ३९ वैज्ञानिकले हावामै कोरोना भाइरस उडिरहेको अध्ययन निश्कर्ष निकालेका हुन् ।
तर माथि उल्लिखित वैज्ञानिकले आफूहरूले गरेको अनुसन्धानबाट कोरोना भाइरस हावामा समेत उडिरहेको र त्यसबाट मानिसमा सरिरहेको प्रमाण नै फेला परेको दाबी मात्र गरेका छैनन्, सोमबार क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा खुलापत्र लेख्दै डब्लूएचओलाई यस सम्बन्धमा जारी मार्गनिर्देशन नै परिवर्तन गर्न र नयाँ निर्देशिका जारी गर्न सुझाव नै दिएका छन् ।
तर यस विषयमा अहिलेसम्म ठोस प्रमाण नभेटिएको बताइरहेको डब्लूएचओका प्रवक्ता तारिक जसारेविकले वैज्ञानिकको उक्त लेखबारे जानकारी भएको र आफ्ना विशेषज्ञमार्फत त्यसको समीक्षा गरिरहेको जानकारी दिएका छन्।
यसअघि चीनमा वैज्ञानीकहरुले कोरोना संक्रमित राखिएको कोठाको हावाको परीक्षण गरेका थिए । त्यो हावामा कोरोना भाइरसको केहि अंश मिलेको थियो । यद्यपी त्यसले संक्रमण गराउन सक्छ या सक्दैन भन्ने कुरामा भने पुष्टि भएको थिएन ।
यदि कोरोना भाइरसउ हावाबाट नै सर्न थाल्ने स्थिती आउने हो भने सुरक्षाका उपायँहरु पूर्णरुपमा फेरिने छन् । यसले संक्रमण अझैं धेरै फैलाउन सक्ने देखिन्छ । यद्यपी विश्व स्वास्थ्य संगठनले यसबारे थप अध्ययन गरिरहेको बताएको छ ।एजेन्सी ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।