आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तलबभन्दा ३ करोडबढी कमाएका इन्जिनियर विरुद्ध मुद्दा

तलबभन्दा ३ करोडबढी कमाएका इन्जिनियर विरुद्ध मुद्दा

  • मिडिया डबली
  • मंगलवार, आषाढ २३ २०७७

  • 6.8K
    SHARES

  • तलबभन्दा ३ करोडबढी कमाएका इन्जिनियर विरुद्ध मुद्दा

    काठमाडौं -अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत सिनियर डिभिजन इन्जिनियर पूर्णप्रसाद उपाध्यायविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी हैसियतभन्दा बढी अस्वाभाविक जीवनयापन गरेको भन्दै उपाध्यायमाथि छानबिन गरेको थियो।

    सामुदायिक खानेपानी तथा सरसफाइ इकाइ कार्यालय डडेल्धुरामा राप तृतीय श्रेणी इन्जिनियरको पदमा २०६३ पुस ५ गते प्रवेश गरेका उपाध्याय २०६९ चैत १५ गते सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए। हाल क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय नेपालगञ्जमा कार्यरत रहेका छन्।

    आयोगले २०६३ पुस ५ देखि २०७७ जेठ मसान्तसम्मको छानबिन गरेको थियो। उपाध्यायले सार्वजनिक सेवामा रही आर्जित भत्तालगायत पारिश्रमिक आय, श्रीमती दुर्गा खनाल रिमालको पारिश्रमिक, जग्गा भाडा, कर्मचारी सञ्चय कोष कर्जा, व्यक्तिगत सापटी, शेयर नगद लाभांश, पैतृक जग्गा बिक्रीबाट प्राप्त आय गरी रु एक करोड ९२ लाख १६ हजार २९८ बराबर मात्र वैधानिक आय गरेको देखिन्छ।

    आयोगको अनुसन्धानअनुसार उपाध्यायले जग्गा खरिद, घर निर्माण, विद्युतीय उपकरण खरिद, जीवन बीमा प्रिमियम, साथमा रहेको नगद, श्रीमती दुर्गाका नाममा विभिन्न बैंकमा रहेको खाताको मौज्दात तथा लगानी जाँच गर्दा रु पाँच करोड एक लाख ४३ हजार ४५१ बराबरको सम्पत्ति रहेको पाइएको छ।

    वैध आयको तुलनामा खर्च तथा लगानीको मात्रा रु तीन करोड १० लाख २७ हजार १५३ बढी रहेको पाइएको छ। सोही आधारमा आयोगले आज रु तीन करोड १० लाख २७ हजार १५३ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

    यस्तै आयोगले आजै जिल्ला प्रहरी कार्यालय सर्लाही चौकी गौरीशङ्करका प्रहरी सहायक निरीक्षक रामविश्वास राय यादवलाई रु पाँच हजार घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ। भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनका लागि यादवले सेवाग्राहीसँग घुस माग गरेको आयोगको दाबी छ। आयोगको बर्दिबासबाट गएको टोलीले आज कार्यालय परिसरबाटै यादवलाई नियन्त्रणमा लिएको हो। रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २३ २०७७०९:५२:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend