काठमाडौं- स्थानीय सरकारले घरभाठा छुटका विषयमा बेठेगानको निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले घर भाडामा छुट दिए घरबहाल करमा पनि छुट दिने निर्णय गरेको हो ।
कोरोना भाइरसको कारण भाडामा बस्नेलाई असर परेको भन्दै भाठा छुट गरे वार्षिक घरबहाल करमा १० प्रतिशत छुट दिने बताएको छ । महानगरपालिकाको सातौं नगर अधिवेशनले उक्त घोषणा गरेको हो। यद्यपि सरकारले ढुक्कसँग घरभाडामा कति छुट गर्ने भन्ने कुनै निर्णय गरेकाे छैन् । घरधनीहरूलार्इ साेझै कति भाठा छुट गर्ने भनेर ताेकेर भन्न नसकेकाे हाे ।
यसबाहेक, महानगरपालिकाभित्र व्यापार व्यवसाय गरी बस्ने करदाताहरूलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि बजेटमा गरिएको छ। असार ४ गते बसेको नगर सभा सातौँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो।
असार १० गतेको नगर सभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिकाको आगामी आर्थिक ०७७र७८ को बजेट तथा कार्यक्रम र विनियोजन विधेयक सभासमक्ष पेस गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।