आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खुसीको खबर, नेपालमा घट्यो कोरोना संक्रमणको दर

खुसीको खबर, नेपालमा घट्यो कोरोना संक्रमणको दर

  • मिडिया डबली
  • मंगलवार, आषाढ २३ २०७७

  • 8.1K
    SHARES

  • खुसीको खबर, नेपालमा घट्यो कोरोना संक्रमणको दर

    काठमाडौं- नेपालमा अहिलेसम्म १६ हजार बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने करिब ८ हजार जना निको पनि भइसकेका छन् । यसबीच एक नयाँ आसाको संकेत पनि बढेको छ ।

    नेपालमा पछिल्लो हप्ता कोरोना भाइरसबाट संक्रमित हुनेको दर पनि घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गर्दा २०४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

    १७ असारमा देशभरका ल्याबमा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ७४० जनामा संक्रमण पुष्टि भएको थियो । यो एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमित थियो । त्यो दिन संक्रमणको दर पनि १६.५ प्रतिशत थियो ।

    त्यसयता संक्रमितको संख्यासँगै संक्रमणको दर पनि घटेको छ ।

    मंगलबार संक्रमणको दर घटेर ३.३ मा आइपुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले अघि भनेका छन्, ‘दिनहुँ संक्रमित हुनेहरुको प्रतिशत घटिरहेको छ ।’
    त्यस्तै ४ जिल्ला कोरोना फ्रिसमेत भइसकेका छन् । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा अहिले एक जना पनि कोरोना संक्रमित रहेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २३ २०७७०६:३२:१३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend