आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाकाे गृह जिल्लामा कांग्रेसले ९ हजारलाई निःशुल्क खाना खुवायाे, खुसी भए पीडित

देउवाकाे गृह जिल्लामा कांग्रेसले ९ हजारलाई निःशुल्क खाना खुवायाे, खुसी भए पीडित

  • मिडिया डबली
  • मंगलवार, आषाढ २३ २०७७

  • 6.1K
    SHARES

  • देउवाकाे गृह जिल्लामा कांग्रेसले ९ हजारलाई निःशुल्क खाना खुवायाे, खुसी भए पीडित

    डडेल्धुरा- लकडाउनको समयमा समस्यामा परेका साढे ९ हजारालाई नेपाली काँग्रेस डडेल्धुराले निशुल्क खाना खुवाएको छ । डडेल्धुरामा वैशाख २७ गतेदेखि ‘एनडी प्रकाश चटौत आपतकालीन भोजन चुलो’ नाम दिएर सञ्चालन गरिएको अभियानअन्तर्गत ९ हजार ४ सय ८१ जनालाई खाना खुवाएको हो।

    ‘मानवता बचाऔं’ भन्ने नाराका साथ कांग्रेसले यस्तो अभियान सुरु गरेको थियो । लकडाउन खुकुलो हुनु, खाना खाने व्यक्ति न्यून, पार्टीको अधिवेशनलगायत कारण मंगलबारदेखि उक्त अभियान स्थगित गरिएको कांग्रेसले पत्रकार सम्मेलन गरेर बताएको छ ।

    पार्टीका कार्यवाहक जिल्ला सभापति करुणाकर भट्टले कसैले पनि भोकले छट्पटाउन नपरोस् भनेर आपतकालीन भोजन चुलोको व्यवस्था गरिएको बताए । लकडाउनको अवधिमा अतिआवश्यक कामको लागि डडेल्धुरा सदरमुकाम आएका आफन्त नभएका तथा क्वारेन्टाइनमा बसेका नागरिकलाई भोजन चुलो संचालनमा आएपछि राहत मिलेको थियो ।


    एनडी प्रकाश चटौत आपतकालीन भोजन चुलो अभियानलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कार्यवाहक सभापति भट्टले धन्यवाद दिए। सेवा दलका संयोजक टंकप्रसाद क्षेत्रीका अनुसार ३७ क्विन्टल ६५ किलो चामल, १४३ किलो दाल, ४० किलो नुन र ९२ लिटर तेल सहयोग प्राप्त भएको थियो। जसमा १६ क्विन्टल चामल, २० लिटर तेल, २० किलो नुन र १० पेटी चाउचाउलगायत खाद्यान्न सामग्री मौज्दात रहेको छ । मौज्दात रहेको खाद्यान्न आपतविपदमा परेका नागरिकलाई सहयोग गरिने उनले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend