काठमाडौं - पछिल्लो समय नेकपाभित्रको विवादभइरहेको बेला चिनियाँ राजदूतले नेताहरुसँग गोप्य भेट गरेको विरोधमा चिनियाँ दूतावास अगाडि ‘स्वतन्त्र युवाहरु’ले प्रदर्शन गरेका छन्।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
नेकपा फुटको संघारमा रहेको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छन्।
केहि दिन पहिला प्रधानमन्त्री केपी ओलीलाई भेटेकी राजदूत यान्छीले त्यसपछि नेकपाका शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल, वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भेटिसकेकी छन्।
स्वतन्त्र मुलुममा अर्को देशको राजदूतले पार्टीको आन्तरिक विवादमा प्रवेश गर्नु भनेको हस्तक्षेप भएको भन्दै प्रदर्शनकारीहरुले दुताबास अगाडि नारा घन्काएका थिए।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।