आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ताइवानीलाई सम्बोधन गर्दै दलाई लामाले भने - म ताइवान आउन इच्छुक छु

ताइवानीलाई सम्बोधन गर्दै दलाई लामाले भने - म ताइवान आउन इच्छुक छु

  • मिडिया डबली
  • मंगलवार, आषाढ २३ २०७७

  • 3.2K
    SHARES

  • ताइवानीलाई सम्बोधन गर्दै दलाई लामाले भने - म ताइवान आउन इच्छुक छु
    फाइल तस्वीर

    धर्मशाला - भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो ८५ औं जन्मदिनको एक दिनअघि ताइवानीहरुलाई सब्धोन गर्दै आफू ताइवान आउन इच्छुक भएको बताएका छन् ।

    उनले भिडियो कन्फरेन्समारफत गरेको सम्बोधनमा 'एट भर्सेस फर ट्रेनिङ दी माइन्ड' सम्बन्धी आफ्नो प्रवचन दिएका थिए । उनले ताइवानीहरुलाई भने, "मैले ताइवानमा पहिलो पटक भेटेदेखि नै ताइवानीहरु मेरो हृदयमा हुनुहुन्छ ।

    मलाई लाग्छ कतिपय मेरा पुराना साथीहरु पनि हुनुहुन्छ र तपाईंहरु निरन्तर मेरो दिमाग र हृदयमा हुनुहुन्छ । आज म गेसे लाङ्‌ग्री ताङ्पाका "मष्तिष्कको प्रशिक्षणसम्बन्धी आठ हरफ' वाचन गर्न चाहन्छु ।"

    उनले आफू ताइवान आउने विश्वास व्यक्त गरे । उनले भने, "राजनीतिक परिदृश्य परिवर्तन भएपछि ताइवानमा आउने आशा छु । जे भए पनि तपाईंहरु मेरो आत्मामा हुनुहुन्छ । स्वस्थ रहनूस्, धन्यवाद ।"

    सन् १९५९ मा चीनले तिब्बतमाथि हस्तक्षेप गरेपछि लामा निर्वासनमा गएका थिए । नोबल शान्ति पुरस्कार विजेता लामा एकता र करुणाका सन्देशवाहक हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २३ २०७७०४:५३:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend