आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल र भारतका लागि अमेरिकी राजदूतहरुद्वारा दलाई लामालाई जन्मदिनको शुभकामना

नेपाल र भारतका लागि अमेरिकी राजदूतहरुद्वारा दलाई लामालाई जन्मदिनको शुभकामना

  • मिडिया डबली
  • मंगलवार, आषाढ २३ २०७७

  • 5.3K
    SHARES

  • नेपाल र भारतका लागि अमेरिकी राजदूतहरुद्वारा दलाई लामालाई जन्मदिनको शुभकामना
    फाइल तस्वीर

    नयाँ दिल्ली - नेपाल र भारतका लागि अमेरिकी राजदूतहरु क्रमश: र्‍याण्डी बेरी र केन्‍नेत आई जस्टरहरुले भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामालाई ८५ औं जन्मोत्सवको शुभकामना दिएका छन् ।

    भारतका लागि राजदूत जस्टरले ट्विटरमार्फत भनेकी छन्, "अमेरिकी सरकार र अमेरिकी जनताको तर्फबाट दलाई लामाको ४५ औं जन्मोत्सवमा हामी बधाई दिन चाहन्छौं । अमेरिकी र तिब्बतीहरुले परमपवित्र व्यक्तिसँग काम गर्ने र साझा गरेको मूल्यहरूको अगाडि बढाउन अवसर प्राप्त भएको छ ।"

    उनले गरेकी भिडियो ट्‍विटमा भनिएको छ, "तपाईंले भारतमा बिताएका ६१ वर्षको निर्वासनले हाम्रो जीवनलाई प्रेरित गरेको छ । तपाईंको लगनशीलता र उपलब्धिहरू धार्मिक विश्वासको शक्ति र अहिंसात्मक प्रतिरोधको पक्षमा छन् र अन्यायको विरुद्ध दृढ छन् ।"

    त्यसैगरी नेपालका लागि अमेरिकी राजदूत बेरीले दलाई लामालाई ८५ औं जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । उनले ट्विटमा लेखेका छन्, "आज परमपवित्र दलाई लामालाई ८५औं जन्मदिनको शुभकामना दिन पाउँदा निकै उत्साहित भएका छौं ।"

    नेपाल र भारतका लागि अमेरिकी राजदूतहरुबाहेक अमेरिकी हाउस स्पिकर न्यान्सी पेलोसी, भारतीय मन्त्री किरन रिजिजु, नोबल पुरुस्कार विजेता कैलाश सत्यार्थीले पनि दलाई लामाले जन्मदिनको शुभकामना दिएका छन् । उनी सन् १९३५ जुलाई ६ मा उत्तरपश्‍चिम तिब्बतको ताकस्‍र अमडोमा जन्मिएका थिए ।

    सन् १९५९ मा तिब्बतमा चिनियाँ दबाब बढेपछि उनी निर्वासनमा भारतमा आएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २३ २०७७०४:५१:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend