काठमाडौं - गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरिएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको हो ।
गृहमन्त्री निकट स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको हो । आइजीपी नियुक्तिको निर्णय आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद बैठकले गर्ने बताइएको छ ।
संगठनको नीति निर्माण तहमा धेरै समय बसेर काम गरेका थापा शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् । आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल पनि प्रधानमन्त्री ओली निकट मानिन्छन् ।
उनलाई आइजीपी बनाउनका लागि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सिफारिस गरेको बुझिएको छ । गृह मन्त्रालयले सिफारिस गरेपनि प्रधानमन्त्रीले नचाहेमा सिफारिस फेरिने गरेको विगतमा पनि देखिएको थियो ।
आइजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अवकाश पाउँदैछन् । उनले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँने भएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।