काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपालकोआन्तरिक राजनीतिमा चीनियाँ राजदूतको पछिल्लो पटकको अस्वाभाविक सक्रियताले समग्र नेकपाको अन्धराष्ट्रवाद उदांगिएको आरोप लगाएका छन् ।
नेता महरले एउटा स्वतन्त्र,सार्वभौम राष्ट्र नेपालको आन्तरिक राजनीतिमा चीनियाँ राजदूतको पछिल्लो पटकको अस्वाभाविक सकृयताले समग्र नेकपाको अन्धराष्ट्रवाद उदांगिएको छ भने नेपाली जनताको स्वाभिमानी शीर निहुरिएको टिप्पणी गरेका हुन् ।
नेपालको आन्तरिक राजनीतिमा उत्तर होस वा दक्षिणको कुनै पनि किसिमको हस्तक्षेप जनतालाई स्वीकार्य हुन नसक्ने उनको भनाई छ । एउटा स्वतन्त्र,सार्वभौम राष्ट्र नेपालको आन्तरिक राजनीतिमा चीनियाँ राजदूतको पछिल्लो पटकको अस्वाभाविक सकृयताले समग्र नेकपाको अन्धराष्ट्रवाद उदांगिएको छ भने नेपाली जनताको स्वाभिमानी शीर नीहुरिएको छ।,
नेता महरले भनेका छन्, नेपालको आन्तरिक राजनीतिमा उत्तर होस वा दक्षिणको कुनै पनि किसिमको हस्तक्षेप जनता लाई स्वीकार्य हुन सक्दैन । नेपाल कम्युनिस्ट पार्टीसंग भातृ सम्बन्ध कायम गरेर विदेश विभाग प्रमुख समेतको प्रतिनिधिमण्डल मार्फत नेकपालाई प्रशिक्षित गरेको र नेकपाको एकता अभियानमा समेत चीनियाँ कम्युनिस्ट पार्टीको योगदान रहदै आएको जगजाहेर नै रहेको बताउदैं नेता महरले चीनको कम्युनिस्ट पार्टी नै सरकार भएको स्मरण गराएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।