काठमाडौं– लकडानका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीलाई ठूलो फलिफाप भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले सरकारको अनुदानमा खरिद गरी वितरण गर्दै आएको रासायनिक मल आयातको जिम्मा शैलुङ इन्टरप्राइजेजले पाएको छ।
मल आयातको कुनै अनुभव नै नभएको उक्त कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले लकडाउनकै बिचमा मल आयात गर्ने ठेक्का दिएको हो। लिमिटेडले ५५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का लगाइसकेको छ भने थप २५ हजार मेट्रिक टन मल आयातको जिम्मा पनि सोही कम्पनीलाई दिन लागिएको छ।
शैलुङ इन्टरप्राइजेज सडक, पुललगायत भौतिक निर्माणका क्षेत्रमा दर्जनौं आयोजना अलपत्र पारेको शैलुङ कन्ट्रक्सनको भगिनी संस्था हो। यी दुवै कम्पनी सैलुङ ग्रुप अफ कम्पनिज अन्तर्गत संचालित छन्। यो ग्रुपका अध्यक्ष सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन्।
राजनीतिक पहुँच र शक्तिकेन्द्रसँगको सम्बन्धकै कारण अधिकारीको कम्पनीले ठेक्का पाएका अधिकांश आयोजना अलपत्र छन्। पूर्वाधार आयोजना निर्माणमा कुख्यात कम्पनीलाई रासायनिक मल आपूर्तिको जिम्मा दिँदा आर्थिक चलखेल र कमिसनको चक्कर मात्र होइन, किसानले समयमा मल पाउँछन–पाउँदैनन भन्नेमा पनि शंका देखिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।