काठमाडौं– मंगलबार मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे बस्ने जनाइएको छ । स्रोतका अनुसार आजको बैठकमा नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी) छनोट गर्ने सम्भावना रहेको जनाइएको छ ।
आइजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार अवकाश पाउँदैछन् । उनले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँने भएका हुन् । नयाँ महानिरीक्षकमा भने एआइजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।