काठमामाडौं– सरकारले सत्तारुढ नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालमाथि निगरानी बढाएको छ। पार्टीभित्र शक्ति संघर्ष चलिरहेका बेला नेपालमाथि सरकारले थप निगरानी बढाएको हो।
पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मालाई दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाइरहेका बेला नेपाल कोटेश्वर आसपासमा सुरक्षाकर्मीले निगरानी बढाएको हो।
नेपालको सचिवालयमा रहेका एक व्यक्तिले सरकारको निर्देशनमै नेपाल निवास वरपर सिभिल तथा ड्रेसमा थप सुरक्षाकर्मी थपिएको बताए।
सुरक्षा निकायले परिस्थितिको मूल्यांकन गरेर तीन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको घरमा थप सुरक्षाकर्मी पठाउने तयारी गरे पनि अहिले आवश्यक नभएको भन्दै फिर्ता गरिएको दाबी गरेको छ।
पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि पनि सुरक्षा थ्रेट बढेको समाचारहरु सार्वजनिक भइरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।