सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीको प्रस्तावमा रमाइलो गर्दैछौं भन्दै काँग्रेस प्रवक्ता शर्माले दिए यस्तो जवाफ

ओलीको प्रस्तावमा रमाइलो गर्दैछौं भन्दै काँग्रेस प्रवक्ता शर्माले दिए यस्तो जवाफ

  • मिडिया डबली
  • सोमवार, आषाढ २२ २०७७

  • 6.5K
    SHARES

  • ओलीको प्रस्तावमा रमाइलो गर्दैछौं भन्दै काँग्रेस प्रवक्ता शर्माले दिए यस्तो जवाफ

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीभित्र बढेको विवादले चरमरुप लिएको छ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन लागि परेका छन् । उनले प्रतिपक्षी दल काँग्रेससँग समेत हात फैलाइ सकेका छन् । यद्यपी काँग्रेसले ओलीको प्रस्तावलाई रमाइलोका रुपमा लिएको छ ।

    यो कार्यकाल कुनैपनि हालतमा सरकारमा सहभागि नहुने काँग्रेसले प्रष्ट पारेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भएपनि अहिलेको कार्यकाल काँग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने कुरामा उनले भने, ‘यो या त्यो परिस्थिति उत्पन्न भएपनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ ।’


    उनले अगाडी भने, ‘‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ । प्रधानमन्त्रीले देउवा नै काँग्रेसको अन्तिम प्रधानमन्त्री हुन् । काँग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन् विगतमा तर त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ । तर अहिले गुलियो प्रस्ताव आएपनि हामी लहसिने अवस्थामा छैनौँ । किन कि जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।’’


    काँग्रेस सरकारमा जान लाग्यो की भन्ने आशंकामा नरहन उनले पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्रै काँग्रेस सभापति शेरवहादुर देउवासँग भेटका लागि सुवासचन्द्र नेम्वाङलाई विशेष दुतका रुपमा बुढानिलकण्ठ पठाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend