काठमाडौं- नेपाल वायु सेवा निगमका ५ उडान कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कालीमाटीस्थित होटल सोल्टीको एउटा ब्लकमा बस्ने गरेका थिए । त्यसकारण होटल सोल्टीलाई आज नै होटल सिल गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्तका कालीमाटीका डीएसपी रुगम कुँवरले भने, ‘नेपाल वायु सेवा निगमका उडान कर्मचारीहरू होटल सोल्टीमा बस्ने गरेको र त्यहाँ बस्ने सो कम्पनीका कर्मचारीहरूमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य सुरक्षाका लागि सो होटल सिल गरिएको हो ।’
अब ती संक्रमितहरुलाई त्यसै होटलमा राखेर उपचार गरिने प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।