काठमाडौँ- जम्मु काश्मीरले गत सातादेखि ६ हजार ६ सयभन्दा बढी गोर्खा सैनिकलाई त्यहाँको स्थायी बसोबासको प्रमाणपत्र वितरण गर्न थालेको छ ।
जसमा अधिकांश अवकाश प्राप्त गोर्खा सैनिकहरु रहेका छन् । उनीहरुले त्यहाँका नागरिकले पाउने सम्पूर्ण सुविधा जस्तै सम्पत्ति आर्जन र किनबेच गर्न पाउने, रोजगारीका लागि आवेदन दिन पाउनेलगायतका सुविधा प्राप्त गर्ने जनाइएको छ ।
जम्मुकाश्मीरका अतिरिक्त कार्यकारी कमिसनर विजयकुमार शर्माले ५ हजार ९०० भन्दा बढी प्रमाणपत्रहरु जारी गरिसकेको जानकारी दिएका छन् । अन्य करिब ७ सयभन्दा बढी प्रमाणपत्र प्राप्त गर्ने चरणमा रहेको जानकारी दिएका छन् ।
जम्मुको तेहसिलदारस्थित बाहुका डा. रोहित शर्माले भारतीय सेनामा सेवा गरेका २५ सय गोर्खा सैनिकहरु आफ्नो समुदायमा बसोबास गरिरहेको जानकारी दिएका छन् ।
जसमा ३५ सय स्थायी बसोबासका लागि आवेदन दिएका थिए भने २५ सय प्राप्त गरिसकेका छन् र अन्य एक हजारजनाको प्रक्रियामा रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।