काठमाडौं– नेकपाको आन्तरिक राजनीतिमा चिनियाँ चासो बढ्न थालेको छ। केही समययता चिनियाँ राजदूतले नेपाली राजनीतिमा हस्तक्षेप गरेको देखिएको छ ।
यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसँग भेटघाट गरी पार्टी विभाजनको अवस्थासम्म नजान दबाब दिएकी छन् ।
प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालनमा असफल देखिएकाले उनलाई यथास्थितिमा कुनै पनि हालतमा स्वीकार्न नसकिने इतर समूहका नेताहरूको अडानपछि चीन माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा अघि बढाउने पक्षमा देखिएको बुझिएको छ ।
स्रोतका अनुसार प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिन चिनियाँ शक्तिकेन्द्रले सक्रियता बढाएको बताइन्छ । माधव नेपाल प्रधानमन्त्री बनेमा पूर्वएमालेकै पकडमा सरकार रहने बुझाई नेकपाका ओली पक्षका नेताहरूको छ ।
नेकपाका शीर्ष नेताले प्रधानमन्त्री केपी ओलीसँग पहिलोचोटि पदबाट राजीनामा माग्दा पनि चिनियाँ राजदूत होउ यान्छीले रातारात नेताहरूलाई दबाब दिएर विवाद मत्थर पारेकी थिइन् । अघिल्लोपटक भन्दा अहिले नेकपामा विवाद उत्कर्षमा पुगेको छ । कतिसम्म भने पार्टी विभाजनका लागि दुवै पक्ष तम्तयार भएर बसेका छन् । कि त प्रधानमन्त्री ओलीले आफैंले राजीनामा दिनुपर्ने कि पार्टीको निर्णय स्वीकार्नुपर्ने अवस्था आइपुगेपछि आइतबार चिनियाँ राजदूत यान्छी पुनः सक्रिय देखिइन् ।
उनले भारतसँग नेपाल र चीन दुवैको सम्बन्धमा चिसोपन आएको अवस्थामा सरकार परिवर्तनले नराम्रो सन्देश जाने सल्लाह दिएको स्रोतले बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।