काठमाडौं–असार २६ गते अर्थात् शुक्रबारदेखि देशभर ठूलो वर्षा तथा बाढीको सम्भावना रहेकाले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न मौसमविद्ले सबैमा आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले देशभर ठूलो वर्षाको सम्भावना देखिएको हो।
यस्तै बाढी पूर्वानुमान महाशाखाले यही असार २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जानकारी दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।