काठमाडौं– नेकपामा विवाद बढेपछि बरिष्ठ नेता माधवकुमार नेपाल निवासमा सुरक्षा बढाइएको छ। आइतबार बिहानदेखि नेपाल निवास कोटेश्वर आसपास सुरक्षाकर्मीको संख्या बृद्धि गरिएको हो।
नेपालको सचिवालय स्रोतका अनुसार उनको निवास वरपर यसअघि खटाइएको प्रहरी संख्यामा अहिले उल्लेख्य रुपमा थप गरिएको छ।
प्रहरी स्रोतले भने नेकपाका सबै शीर्ष नेताहरुको निवास आसपास सुरक्षाकर्मी थप गरिएको जनाएको छ।
नेकपा विभाजन हुनसक्ने अड्कलवाजी भइरहेका बेला त्यस्तो घट्नाक्रम भएमा कार्यकर्ताबीच तनावपूर्ण स्थिति आउनसक्ने भनी सुरक्षाकर्मीको संख्या बढाइएको हो।
पार्टी विभाजन हुने खतराबीच नेकपाका कार्यकर्ता एक अर्काविरुद्ध नाराबाजीमा उत्रनसक्ने भएकोले सुरक्षा निकायले थप सजगता अपनाएको जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।