काठमाडौं–नेपालका निम्ति चिनियाँ राजदूत हौ यान्छी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालवीच अहिले कोटेश्वरमा भेटवार्ता सम्पन्न भएको छ । नेकपामा बिध्यमान अन्तरपार्टी संघर्षमा उक्त भेट केन्द्रित रहेको बताइन्छ । पार्टीमा के हुँदैछ, यसले कुन मोड लेलाजस्तो छ रुू जस्ता जिज्ञासा चिनियाँ पक्षबाट राखिएको थियो ।
तपाइँ सिनियर नेता र राम्रो कूटनीतिज्ञ पनि हुनुहुन्छ, आशा गरौं कम्युनिस्ट पार्टीको वर्तमानप्रति चिन्तित र भविष्यप्रति आशावान कसैको पनि मन दुख्ने छैन । राजदूतले घुमाउरो पारामा नेकपा एकीकृत रहिरहने सन्देश दिएको श्रोतको दावी छ । यसअघि विवाद उत्कर्षमा पुग्दा राजदूत हौले अघिल्लो दिन बेलुका प्रधानमन्त्री केपी ओली,भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्ड र लगत्तै माधव नेपालसङ्ग लामो वार्ता गरेको धेरै समय बितेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।