सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

कांग्रेसको कोरोना समितिको टोलिले गर्यो टेकु अस्पतालको अनुगमन

कांग्रेसको कोरोना समितिको टोलिले गर्यो टेकु अस्पतालको अनुगमन

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 5.5K
    SHARES

  • कांग्रेसको कोरोना समितिको टोलिले गर्यो  टेकु अस्पतालको  अनुगमन

    काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको कोरोना अनुगमन समितिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेर समस्याहरूका बारेमा जानकारी लिएको छ ।

    समितिका संयोजक एवम् कांग्रेसका महामन्त्री डा.प्रकाशशरण महत नेतृत्वमा पुगेको टोलीले कोरोनाको नमूना परीक्षण, उपचारमा भइरहेको प्रयास तथा समस्याहरूका बारेमा जानकारी लिएको हो ।

    समितिले कोरोना रोकथाम, उपचार र परीक्षणमा अस्पताललाई भएको समस्याहरूको जानकारी लिएको संयोजक डा.महतले जानकारी दिए । अनुगमनका क्रममा अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्न आउने कसैले पनि सामाजिक दुरी कायम नगरेको पाइएको डा.महतले बताए ।

    घरबेटीहरूले कोरोना परीक्षण गरेको रिपोर्ट अहिलेसम्म पनि खोजिरहेको कारण कोरोना परीक्षण गर्न हज्जारौं मान्छेको बाक्लो लाइन पनि अस्पतालमा भएको कांग्रेस सहमहामन्त्री डा.महतले जानकारी दिए ।

    उनले टेकुमा ३० रुपैयामै कोरोना परीक्षण हुने र अन्य सरकारी अस्पतालले त्यही परीक्षणका लागि ५ हजार भन्दा बढी रकम लिने गरेको कारण पनि टेकु अस्पतालमा कोरोनाको परीक्षण गर्ने संख्या धेरै भएको अनुगमनका क्रममा आफूहरूले बुझेको बताए ।

    कांग्रेसका सह–महामन्त्री समेत रहेका संयोजक डा.महतले टेकु अस्पतालमा कोरोनाको नमूना परीक्षण गर्नेहरूको संख्या बढ्दा समस्याहरू आएको हुन सक्ने भन्दै यसको विकल्पमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

    अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी टेकु अस्पतालबाहेक अन्य अस्पतालहरूबाट पनि कोरोना परीक्षण गर्नुपर्न सरकारलाई सुझाव दिन समितिसँग आग्रह गरेका थिए ।

    निर्देशक राजभण्डारीले कोरोनाको परीक्षण शुक्रराजमा मात्रै केन्द्रित भएका कारण उच्चपदस्थ व्यक्तिहरू अस्पतालको अनुगमन र निरीक्षणमा डराएर नआउने गरेको बताए ।

    टेकु अस्पतालको समस्या बुझ्न संयोजक डा.महतका साथै समितिका सदस्यहरू एनपी साउद, मोहनबहादुर बस्नेत, महालक्ष्मी उपाध्याय ‘डिना’, राष्ट्रिय योजना आयोगका पूर्व सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

    nepali congress.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend