सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

ओलीलाई अर्को आपत, राजिनामा लागि प्रचण्डको निर्देशन कुर्दै मन्त्रीहरू

ओलीलाई अर्को आपत, राजिनामा लागि प्रचण्डको निर्देशन कुर्दै मन्त्रीहरू

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 17.3K
    SHARES

  • ओलीलाई अर्को आपत, राजिनामा लागि प्रचण्डको निर्देशन कुर्दै मन्त्रीहरू

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बालुवाटार बोलाएर मन्त्री र राज्यमन्त्रीहरुलाई ब्रिफिङ गरे । उनले आफुविरुद्ध षडयन्त्र भइरहेकाले अब पार्टी विभाजन समेत हुनसक्ने संकेत दिए । आफुलाई साथ नदिने मन्त्रीहरु कित्ता क्लियर हुन भन्दै अप्रत्यक्ष रुपमा राजिनामा लागि दबाब दिएपछि प्रचण्ड खेमाका मन्त्रीहरु नैतिक संकटमा परेका छन् ।

    प्रधानमन्त्री ओलीले आफु र राष्ट्रपतिविरुद्ध पार्टीमा षडयन्त्र भइरहेको उनको भनाई थियो । ओलीले आफूविरुद्ध षड्यन्त्र भएको भन्दै पार्टी नरहन सक्ने बताएका थिए । एक मन्त्रीका अनुसार ओलीले कता लाग्ने हो कित्ता स्पष्ट गर्नुसमेत भनेका थिए । त्यसपछि केही मन्त्रीहरु राजिनामा दिने तयारीमा छन् । त्यसका लागि उनीहरुले अध्यक्ष प्रचण्डको निर्देशन कुरिरहेको स्रोत बताउँछ ।

    ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउने र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने तयारीको सूचना आफूले पाएको दाबीसमेत गरेका थिए । उनले राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको भन्दै आफूले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछोड्नेसमेत बताएको एक मन्त्रीले बताए ।

    नेकपाभित्रको शक्ति–संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि शनिबार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको विस्तारित बैठक राखेर पार्टीभित्रको संकटबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

    ‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले भनिन्, ‘उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिस्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिस्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर कमजोर हुन्नँ र त्यो हुन दिन्नँ भन्नुभएको छ ।’ ब्रिफिङअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए ।

    ओलीको यस्तो ब्रिफिङपछि पूर्व माओवादी खेमा मन्त्रीहरुले राजिनामाको तयारी गरेका हुन । गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगरले राजिनामाबारे छलफल थालेका हुन् ।
    उनीहरु प्रधानमन्त्री हटाउने भेलामा समेत सहभागी भएका थिए । उद्योगमन्त्री लेखराज भट्ट भने प्रधानमन्त्री ओलीको पक्षमा छन् । दृष्टि साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०९:३७:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend