काठमाडौं– पर्यटनमन्त्री योगश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद छोड्न सांकेतिक आग्रह गरेका छन्। नेकपा भित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दा स्थायी समिति सदस्य भट्टराईले ओलीलाई पद त्याग गर्न सांकेतिक आग्रह गरेका हुन्।
नेलसन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै उनले ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गरेका हुन्।
दक्षिण अफ्रिकी नेता नेलसन मण्डेला, तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी र कांग्रेस नेता कृष्णप्रसाद भट्टराई त्यागका प्रतिमुर्ति मानिन्छ्न्। उनीहरुले आफ्नो जीवनकालमा सहजै पद त्याग गरेर देशलाई निकास दिएका थिए।
उनले सामाजिक संजाल ट्वीटरमा पार्टी संकटमा परेको बेला त्याग गर्न नेताहरुलाई लाक्षणिक रुपमा आग्रह गरेका हुन्। आइतबार बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न् पुगिएछ !’
किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न् पुगिएछ .....: !
— Yogesh Bhattarai (@yogesbhattarai) July 5, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।