सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नेकपामा बबण्डरः ओली राजिनामा नदिने, खुमलटार हटाएरै छोड्ने

नेकपामा बबण्डरः ओली राजिनामा नदिने, खुमलटार हटाएरै छोड्ने

  • मिडिया डबली
  • आइतवार, आषाढ २१ २०७७

  • 3.9K
    SHARES

  • नेकपामा बबण्डरः ओली राजिनामा नदिने, खुमलटार हटाएरै छोड्ने

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा नदिने अड्डी कसिरहँदा अर्का अध्यक्ष प्रचण्ड भने ओलीलाई हटाएरै छोड्ने निष्कर्षमा पुगेका छन्।

    प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालयका ६ जना सदस्यहरूको बैठकले ‘पार्टी एकता निम्ति अन्तिम कोसिस गर्ने’ तर, स्थायी समिति बैठक नरोकने निष्कर्ष निकालेको हो। यसको अर्थ सहमति नभए बैठकबाट ओलीलाई राजिनामा दिन निर्देशन दिने भन्ने हो।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शमा रहेका बेला खुमलटारमा बहुमत नेताहरूको छुट्टै बैठक बसेको हो।

    शितलनिवासबाट बालुवाटार फर्केर मन्त्रीपरिषदको आकस्मिक तर अनौपचारिक बैठक राखेका प्रधानमन्त्री ओलीले ‘ठूलो षडयन्त्र’ भइरहेको भन्दै ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने’ र आफुलाई ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको’ बताएका थिए।

    बालुवाटारमा मन्त्रीपरिषदको अनौपचारिक बैठकमा सहभागी भएर निस्केका केही मन्त्रीहरूले सिधै खुमलटार पुगेर यसबारे ब्रिफिङ गरेको बुझिएको छ।

    खुमलटारमा बसेको नेकपा सचिवालयका बहुमत सदस्यहरूको बैठकले भने केही दिनयता जारी स्थायी समिति बैठक नरोक्ने निष्कर्ष पनि निकालेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहबीच टकराव बढेपछि स्थायी समिति बैठक पटक पटक रोकिँदै आएको छ।

    पछिल्लो पटक शनिबारका लागि तय गरिएको बैठक सोमबारसम्मका लागि स्थगित भएको थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०८:५७:५९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend