काठमाडौं– पूर्व युवराज पारस शाह ‘इनफ इज इनफ’ अभियानमा संलग्न इशान अधिकारी र पुकार बमलाई भेट्न ह्याम्स अस्पताल पुगेका छन्।
कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरिरहेको फितलो कामप्रति असन्तुष्टि जनाउँदै दुवै जना सत्याग्रहमा बसेका थिए।
स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएका उनीहरुलाई भेट्न शाह शुक्रबार अस्पताल पुगेका हुन्। पाटन दरवार स्क्वाएरमा यी दुवै युवा आठ दिनदेखि सत्याग्रहमा बसेका थिए। लामो समय पोखरामा बसेका पारस बिहीबारमात्रै काठमाडौं फर्किएका थिए।
सत्याग्रहीलाई भेट्न बिहीबार प्रधानमन्त्री केपी ओली श्रीमतीसहित अस्पताल पुगेर कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्ने भन्दै सत्याग्रह छाड्न आग्रह गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।