काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ। नेकपा भित्रको संकट सुल्झने भन्दा पनि थप गहिरिने देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछोड्ने अडान लिएपछि सहमतिको प्रयास असफल भएको हो।
ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार तीन घण्टा लामो वार्ता भएको थियो। सो भेटमा पनि ओलीले पुरानै अडान दोहोर्याउँदै प्रधानमन्त्री र पार्टी अध्यक्ष नछाड्ने बताएका छन्। ओलीले राजिनामाकाे कुरा लिएर आएकाे भए कुरै नगर्न भनेका थिए।
बैठकमा सहभागी नेताहरूको ब्रिफिङ सुनेपछि नेकपा स्थायी समिति सदस्य रघु पन्तले ‘कुरा नमिलेको’ बताए। भेटमा अध्यक्ष प्रचण्डले भने पहिलेका दुई वटा सहमतिलाई आधार बनाएर अगाडि बढ्न आग्रह गरेको उनी निकट एक नेताले बताए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अध्यक्षद्वयको छलफल सकारात्मक रहेको बताए। नेकपामा संकट बढ्दै गएपछि नेताहरुले सहमतिका लागि प्रयास गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।