आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बझाङमा गाँउ नै बगाउने भिषण पहिरो, कस्तो छ अवस्था?

बझाङमा गाँउ नै बगाउने भिषण पहिरो, कस्तो छ अवस्था?

  • मिडिया डबली
  • शनिवार, आषाढ २० २०७७

  • 4.4K
    SHARES

  • बझाङमा गाँउ नै बगाउने भिषण पहिरो, कस्तो छ अवस्था?

    काठमाडौं– बझाङमा गएराति भिषण पहिरो गएको छ। पहिरोले डेढ दर्जन घर बगाएको छ भने सात जना बेपत्ता भएको बताइएको छ। केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा पहिरो गएको हो।

    पहिरोले डेढ दर्जन घर पुरिएको जानकारी आएपनि बाँकी क्षतिको विवरण प्राप्त नभएको बझाङ प्रहरीले जनाएको छ।स्थानीयबासीले भने १७ घर पहिरोले बगाएको र कम्तिमा सातजना बेपत्ता भएको जानकारी दिएका छन्।

    घटनास्थल सदरमुकामबाट झण्डै पाँच घण्टा टाढा पैदल दूरीमा रहेको जानकारी उनले दिए। घटना मध्यरातिको भए पनि जिल्ला प्रहरी कार्यालयमा भने शनिबार बिहान मात्रै जानकारी आएको थियो। पहिरोले एउटा पावरहाउस पनि बगाएको छ।

    सिंगो गाउँ नै पहिरोको चपेटामा परेकाले स्थानीयको बिचल्ली भएको केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ २० २०७७०८:३६:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend