काठमाडौं–हिजोसम्म पनि प्रधानमन्त्री ओली कुनै हालतमा राजीनामा नदिने मुड र अडानमा छन्। आफूनिकट नेकपा नेताहरूसँगको भेटमा भने, ‘एक, दुई, तीन कुनै हालतमा पनि राजीनामा दिन्नँ । अविश्वास प्रस्ताव नल्याई हटाउन मिल्दैन । जो जसलाई हटाउन मन छ, उनीहरूले अविश्वासको प्रस्ताव ल्याए भइहाल्यो । ल्याउँछन् भने म फेस गर्न तयार छु।’
ओलीले दुबै पदबाट राजीनामा नदिने बरु अविश्वासको प्रस्तावको सामना गर्ने निर्णयमा पुगेका हुन्। संसदीय प्रक्रिया पूरा गरेर हटाउन चुनौती दिएका प्रधानमन्त्रीले राजनीतिक भविश्यको लागि स्पेस राख्न खोजेको बताइएको छ ।
आफू निकटहरूसँग उनले भने, ‘यतिखेरको नेकपा कुनै राजनीतिक पार्टीको रूपमा नदेखिएको र प्रचण्डसँग सम्झौता गरेर बनाइएको पार्टी संयन्त्रले राजनीतिक मूल्य मान्यतालाई बिर्सेको’ बताउनुभएको हो । पार्टी निर्णय भनिएको विषयलाई आफूले कुनै ‘भ्यालु नदिने।’ तर, बाहिर हल्ला चले झैँ आफूबाट पार्टीलाई हानी पुर्याउने काम नहुने भएकोले ढुक्क रहन उल्लेख गरेको स्रोतले दाबी गरेको छ ।
प्रधानमन्त्रीको हठ र नेकपाभित्र विकसित पछिल्लो घटनाक्रमले दुबै पक्ष पार्टी फुटाएको अपजस् आफ्नो थाप्लोमा नपरोस् भन्नेतर्फ सजग देखिन्छन् । प्रधानमन्त्री ओली पार्टीले जे निर्णय गरेपनि कार्यान्वयनमा टसको मस् नहुने रणनीतिमा बसेपछि बिरोधी समूहलाई थप कदम चाल्नको निम्ति स्वतः दबाब पर्नेछ । तर, प्रचण्ड–नेपाल समूहलाई पनि प्रधानमन्त्री हटाउनैको लागि कथम्कदाचित पार्टी फुटाउने निर्णय गरेपनि नयाँ सरकार बनाउन फलामको चिउरा चपाएसरह हुने देखिन्छ । बालुवाटार स्रोतले गरेको पछिल्लो जोड घटाउअनुसार नेकपाभित्रको अन्तरबिरोध सबैभन्दा खराब अवस्थामा पुगेपनि प्रधानमन्त्री हटाउन कम्तिमा दुई महिना लाग्ने छ । जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।