काठमाडौँ- शुक्रबार नेपालमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो।
कोरोनाको संक्रमणबाट अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार १ सय ४३ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार शुक्रबारमात्रै कोरोनालाई जितेर ८२३ जना घर फर्किएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।