पाकिस्तान-चीनबीच सदाबहार सम्बन्धका बाबजुद चीनले कतिपय अवस्थामा पाकिस्तानमाथि अन्याय गरेको छ । तर, पाकिस्तान सरकार भने त्यस्ता विषयहरुलाई देखेको नदेखेजस्तै गर्छ ।
स्ट्राट न्युज ग्लोबल अनलाइनका अनुसार पाकिस्तानमा रहेका चिनियाँ कम्पनीहरुले मुस्लिम कर्मचारीलाई नमाज पढ्न प्रतिबन्ध लगाउँदा पनि पाकिस्तान सरकार बोल्न सकेन । पछिल्लो समय पाकिस्तानी महिलामाथि चिनियाँ पुरुषहरुको दुर्व्यवहार अत्यधिक बढेको छ ।
पाकिस्तानी महिलालाई जबरजस्ती चिनियाँ पुरुषसँग विवाह गर्न लगाइन्छ । चिनियाँ पुरुषसँग विवाह गराएमा छोरीको भविष्य राम्रो हुने प्रलोभन अभिभावकहरुलाई दिइएको हुन्छ ।
तर, त्यसरी विवाह गरेका महिलामाथि असहय दुर्व्यवहार गरिन्छ भने कतिपयलाई त वेश्यालयमा समेत राखिने गरेको छ । पाकिस्तानी र चिनियाँबीचको विवाहका लागि पाकिस्तानै नागरिकहरु विचौलिया बनेर आउने गरेका छन् ।
चीनमा महिलाको संख्या कम भएका कारण पनि पाकिस्तानबाट विवाह गरेर लैजानेको संख्या बढिरहेको बताइएको छ । कतिपय पाकिस्तानी महिलाहरु त विवाहपछि पनि बलात्कृत हुनेजस्ता बयान नै गर्न नसकिने पीडा भोगिरहेका छन् ।
केही महिलाहरु त्यहाँबाट भागेर पाकिस्तान फर्किएपछि यसको वास्तविकता खुलासा भएको हो । एपीका अनुसार सन् २०१८ देखि सन् २०१९ को अप्रिलसम्मको तथ्यांक हेर्दा ६२९ पाकिस्तानी महिला यसरी विवाह गरेर लगिसकेपछि बेचिएको पाइएको छ ।
यो रिपोर्ट पाकिस्तानी प्रधानमन्त्री इमरान खानसहित यस्ता अपराधका घटनामा संलग्न ५२ चिनियाँ र २१ पाकिस्तानी नागरिविरुद्ध मुद्दा हालिएको थियो । जसमध्ये ३१ जनालाई अदालतले रिहा गरेको छ । यस्तो मानव बेचबिखनलाई रोक्नका लागि पाकिस्तान सरकाले केही गर्न सकेको छैन । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।