पाकिस्तानको बलुचिस्तानमा अनलाइन कक्षाको माग राख्दै आन्दोलन गर्ने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
अहिले कोरोना भाइरसको संक्रमण बढिरहेका बेला विद्यालयहरु बन्द भएकाले विद्यार्थीहरु घरमै भएका कारण अनलाइन कक्षा अनिवार्य रहेको छ । तर, विद्यार्थीका लागि इन्टरनेट सुविधा छैन् ।
उनीहरुले इन्टरनेट सुविधाको माग राख्दै प्रदर्शनहरु गरिरहेका छन् । विगत केही हप्तादेखि बलुच विद्यार्थी एकताको ब्यानरमा क्वेटामा विद्यार्थीहरु धर्ना बसेका छन् ।
उनीहरुले प्रान्तभरका विश्वविद्यालयमा अनलाइन कक्षा हुनुपर्ने माग राखेका छन् । प्रहरीले विद्यार्थीले सहरमा र्याली गरिरहेकोले पक्राउ गरेको जनाइएको छ । संविधानको धारा १४४ अनुसार त्यहाँ र्याली गर्न प्रतिबन्ध भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलुचस्तान सरकारले कोरोना भाइरसका कारण शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।