काठमाडौं - चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलबीच शुक्रबार विवाह भएको छ । सिमित आफन्त र केही साथीभाइलाई बोलाएर बुढानिलकण्ठ मन्दिरमा पुगेर शुक्रबार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।
नेपाल सांगीतिक क्षेत्रका सफल संगीकारको परिचय बनाएका अर्जुन र गायिका दुर्गा सात वर्षदेखि अनुराग संगीत विद्यालयमा आवद्ध छन् ।
‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत दजैनौं चलचित्रका गीतमा अर्जुनले संगीत भरेका छन् भने अर्जुनका धेरै गीतमा दुर्गाको आवाज समेटिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।