काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संस्था नेविसंघ नेतृत्वलाई गाउँगाउँमा गएर संगठन विस्तार गर्न निर्देशन दिएका छन् ।
पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा शुक्रबार देउवाले जिल्ला गएर संगठन बिस्तार गर्न निर्देशन दिएका हुन् ।
देउवाले जिल्ला, गाउँगाउँका स्कुल क्याम्पसहरुमा नेविसंघ बनाऊ। यहाँ काठमाडौं बसेर विवाद गर्न लाज लाग्दैन भन्दै पहिला संगठन बलियो बनाएर आऊ त्यसपछि मसँग झगडा गर भन्दै आक्रोश पोखेका छन् ।
देउवाले आफू नेविसंघको सभापति भएरै मुलुकको चार- चारपटक प्रधानमन्त्री भएको स्मरण गराउँदै अहिलेकै अवस्थामा नेविसंघका नेता कार्यकर्ताले झगडा गरे प्रधानमन्त्री त के नेतासमेत बन्न नसक्ने बताएका थिए ।
'स्कुल र गाउँमा नेविसंघको संगठन नगर्ने , विद्यालयमा संगठन गर्न डराउने अनि पार्टी कमजोर भयो, संगठन सक्कियो भनेर राजधानीमा नेताहरुका घर-घरमा गएर चाकडी र चाप्लुसीका भरमा नेत बन्ने दिन अब गए,' सभापति देउवाले आक्रोश पोख्दै भने, 'संगठन नबनाउने, मसँग झगडा मात्रै गर्ने ? देउवा २०२७ सालमा नेविसंघ सभापति भएका थिए। त्यसबेलाको कुरा गर्दै देउवाले नेविसंघको संगठन बलियो भए मात्रै पार्टी पनि बलियो हुने बताएका हुन्।
‘नेविसंघलाई बलियो बनाउनुस्। जहाँ पनि हारेको छ, लाज पनि छैन,’ देउवाले भने। उनले नेविसंघ कहाँ छ भन्ने प्रश्न पनि गरे। ‘कहाँ छ नेविसंघ ? गाउँमा छ ? स्कुलहरूमा छ ? ,’ देउवाको प्रश्न छ, ‘गाउँमा देखिँदैन।
गाउँमा नेविसंघ नभएसम्म पार्टी बलियो हुन्न। रक्तदान कार्यक्रममा अहिलेसम्म ५० जनाले रक्तदान गरिसकेको नेविसंघका महामन्त्री दीपक भट्टराईले मिडिया डबलीलाई जानकारी दिए । उनले एक सय जनाले रक्तदान गर्ने अनुमान गरिएको पनि बताएका छन्
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।