आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीलाई अप्ठ्यारो पारेपछि सूर्य थापाले प्रचण्ड–नेपालको यसरी उडाए खिल्ली

ओलीलाई अप्ठ्यारो पारेपछि सूर्य थापाले प्रचण्ड–नेपालको यसरी उडाए खिल्ली

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १९ २०७७

  • 33.5K
    SHARES

  • ओलीलाई अप्ठ्यारो पारेपछि सूर्य थापाले प्रचण्ड–नेपालको यसरी उडाए खिल्ली

    काठमाडौं– सत्तासिन दल नेकपाको आन्तरिक राजनीति अहिले तरल बनेको छ। अध्यक्ष प्रचण्ड–बरिष्ठ नेता माधवकुमार नेपाल लगायतका शिर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा मागेका छन्। तर, ओलीले कुनै पनि हालतमा राजिनामा नदिने बरु दल फुटाउन सहज हुने अध्यादेश ल्याएर पार्टी फुटाउनेसम्मको तयारी गरेका छन्।

    नेकपा भित्रको घम्साघम्सीकै बीचमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी अन्य नेता माथि व्यंग्य गरेका छन्। विहिबार प्रधानमन्त्री ओलीले क्याविनेट मार्फत संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि चलिरहेको स्थायी समिति बैठकमा भाँडभैलो मच्चिएको थियो।

    त्यही क्रममा अब के गर्ने भन्ने विषयमा ओली इतरका नेता एकठाउँ उभिएर छलफल गरिरहेका थिए। जुन तस्विर अहिलले निकै चर्चित छ। सोही तस्विर सामाजिक संजालमा राखेर थापाले व्यंग्य गरेका छन्। ‘एक रोचक र घोचक दृश्य । पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल र भीमबहादुर रावल ।  पार्टी एकताको अन्तिम प्रयाश जारी छ! (सामाजिक दूरीका साथ),’ उनले ट्वीटरमा व्यंग्य गर्दै लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १९ २०७७१०:४१:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend